मजदूरले पाँच हजार माग्दा मट्टि’तेल ख’न्याएर ज्यूँ’दै ज’ला’इयो

एजेन्सी । भारतको मध्य प्रदेशको गुना जिल्लामा एक मजदुरलाई कथित रुपमा पाँच हजार भारुको उधारो चुकाउन नसकेका कारण मट्टि’तेल ख’न्याएर जिउँदै जलाइएको छ । स्थानीय गैर सरकारी संगठनले यसलाई बँधुवा मजदुरीको घट’ना बताइरहेका छन् । यद्यपि, सरकारले यसलाई उधारोका कारण निम्तिएको घ’टना बताइरहेका छन् ।घट’ना शुक्रबार रातिको हो । बँधुवा मुक्ति मोर्चा, गुनाका जिल्ला संयोजक नरेन्द्र भदौरियाले २६ वर्षका विजय सहारिया पछिल्लो तीन वर्षदेखि राधेश्याम लोधाको खेतमा बँधुवा मजदुरको रुपमा काम गरिरहेको र दुबै एउटै गाउँमा बस्ने गरेको जानकारी दिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

नरेन्द्र भदौरियाले भने, ‘विजयलाई निरन्तर काममा लगाइन्थ्यो । उसले त्यस दिन राधेश्यामलाई आफूले कतै मजदुरी गरेर उनको पैसा चुकाइदिने बताए । त्यसपछि उनले आफूले मजदुरी गरेबापत् पाइने पैसा मागे । तर यो कुरामा राधेश्याम उनीसँग असाध्यै रिसाए र राधेश्यामले विजयमाथि मट्टितेल ख’न्याएर आ’गो लगा’इदिए ।’विजय सहारियाको त्यसको भोलिपल्ट अर्थात् नोभेम्बर ७ मा अस्पतालमा ज्या’न गयो । राधेश्यामलाई भोलिपल्ट प्रहरीले नियन्त्रणमा लियो । आगो लगाएपछिको विजयको एक भिडियो पनि भाइरल भएको छ जसमा उनले आफूमाथि के भयो र राधेश्यामले उनीमाथि किन र कसरी मट्टितेल ख’न्याएको भन्ने जानकारी दिएका छन् ।

विजय आफ्ना आमा–बुवा, भाइ, श्रीमती रामसुखी र दुई सन्तानसँग गाउँमा बस्दथे । विजयका पिता कल्लूरामले उनको छोरा विजयले पाँच हजार भारुको उधारो लिएको जानकारी दिए । कल्लूरामले भने, ‘तीन वर्षसम्म काम गरेपछि न त उनी ऋणमुक्त भए न उनले कुनै पैसा नै पाए । त्यसैले केही दिनदेखि उनी काममा जान बन्द गरेका थिए ।’‘त्यस दिन राधेश्यामले छोरालाई बोलाए र त्यसपछि उनीमाथि मट्टि’तेल खन्या’एर उनलाई आगो लगाइदिए ।’ प्रहरी अधिकारी राजेश कुमार सिंहले भने, ‘यो घटनामा तत्काल कारवाही गर्दै अभि’युक्तलाई प’क्राउ गरिएको छ । मृतकको परिवारलाई पनि आर्थिक सहायता उपलब्ध गराइसकिएको छ ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *