डडेल्धुरामा मान्छे खाँ’दै गरेको बा’घलाई ढुंगाले हा’नेर मा’रे स्थानीयले

डडेल्धुरामा मान्छे मार्ने बाघलाई स्थानीयहरूले मारेका छन्। सोमबार बेलुका युवतीको शव खान थालेको बाघलाई स्थानीयले घेरा हाली ढुंगा हानेर मारेका हुन्।बाघले अरू स्थानीयलाई पनि आक्रमण गर्न थालेपछि मारेको प्रहरीले जनाएको छ।बाघको आक्रमणबाट अरू चार जना सामान्य घाइते भएका छन्।दिउँसो आक्रमण गरी मृत्यु भएकी भागेश्वर गाउँपालिका–१ की २१ वर्षीया माया कुमारी महताको शव खाँदै गरेको अवस्थामा बाघलाई स्थानीयले मारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


जिल्ला वन कार्यालयको टोली घटनास्थलतर्फ हिँडेको छ। जिल्ला प्रहरी कार्यालयको टोली पनि केहीबेर अघिमात्र त्यहाँ पुगेको छ। बाघले हिजो र आज गरी दुई जनाको ज्यान लिएको थियो। तल्लटोली भन्ने ठाउँमा घाँस लिन गएकी महताको बाघले आक्रमण गर्दा आज दिउँसो मृत्यु भएको थियो। यस्तै, आइतबार साँझ भागेश्वर गाउँपालिकाकै १३ वर्षीय वीरबहादुर साउदको पनि बाघको आक्रमण गर्दा मृत्यु भएको थियो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *