जिप्रका बझाङको गाडीमा टिकटक बनाइयो, सामाजिक सञ्जालमा चर्को विरोध

बझाङ, २४ माघ । जिल्ला प्रहरी कार्यालय बझाङको सरकारी गाडीमा बनाइएको टिकटक भिडियो बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङको गाडीमा बनाइएको टिकटक भिडियो फेसबुक र टिकटक एपलगायतमा भाइरल भएको हो ।

जनताको शान्ति सुरक्षा र अमनचयन कायम गर्न सहज बनाउनका लागि प्रहरी कार्यालयलाई दिइएको गाडी टिकटक बनाउन प्रयोग गरी दुरुपयोग गरिएको छ ।जिल्लाको सुरक्षामा प्रभावकारी कदम चाल्नका लागि सवारी साधन कम भएको स्वयम् प्रहरीले नै बताउदै आएको बेला भएका सवारी साधन मनोरञ्जनका लागि प्रयोग भइरहेको भन्दै स्थानीयहरुले आक्रोहित भएका छन् ।

सरकारी त्यो पनि सुरक्षा निकायको गाडी दुरुपयोग भएपछि सामाजिक सञ्जालमा सर्बत्र आलोचना भइरहेको छ ।यता जिलला प्रहरी कार्यालय बझाङले भने रेडिमेट जवाफ दिन थालेको छ । “गाडी ग्यारेजमा राखेको बेलामा एकजना युवकले टिकटक बनाउन प्रयोग गरेको हुनसक्छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले भने ।बझाङ प्रहरी प्रमुख खड्काले गाडी मर्मत गर्ने ठाउँको मान्छे हुनसक्ने भन्दै गाडी नम्बर दिन नमिल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *