जन्ती बोकेको ट्याक्टर दु’र्घ’ट’ना हुँदा १ जनाको मृ’त्यु, ३३ घा’इ’तेमध्ये ४ जनाको अ’व’स्था ग’म्भी’र

सिन्धुली, २४ माघ । सिन्धुलीमा शुक्रबार जन्ती बोकेको ट्याक्टर दु’र्घ’ट’ना हुँदा एक जनाको मृ’त्यु भएको छ । ३३ जना घा’इ’तेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।जिल्लाको हरिहरपुरगढी गाउँपालिका ५ सिमसारपाखा स्थित मदन भण्डारी लोकमार्गमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर दु’र्घ’टनाहुँदा मरिण गाउँपालिका- २ सिन्धुलीका वर्ष २५ का प्रताप लोको मृ’त्यु भएको हो । उनको काठमाण्डौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक सन्तोष कुमार पोखरेलले दिएको जानकारी अनुसार उक्त ट्याक्टर हरिहरपुरगढी गाउँपालिका २ बखपरबाट मरिण गाउँपालिका २ रातमाटे तर्फ जन्ती लिएर आउँदै गरेको थियो । ट्याक्टर आफै अनि’यन्त्रीत भई दुर्घ’टना भएको प्रहरी प्रवक्ता पोखरेलले जनाए ।

‘घा’इते ३३ जना मध्ये चार जनाको अवस्था ग’म्भीर रहेको छ । सात जनाको अवस्था मध्यम रहेको छ भने २३ जना सामान्य घा’ईते भएका छन्,’ उनले भने । ग’म्भीर घा’इतेहरुको हेलिकप्टर मार्फत उद्धारगरी उपचारका लागि काठमाण्डौं स्थित ट्रमा सेन्टर पठाइएको छ । सामान्य घा’इतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *