प्युठानमा गाडी दु’र्घ’ट’ना हुँदा एक जनाको मृ’त्यु, दश घा’इ’ते

प्युठानमा शुक्रबार बिहान गाडी दु’र्घ’टना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दश जना घाइते भएका छन्। प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लले दुर्घटनामा परी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ८ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको सेतोपाटीलाई बताए।

दु’र्घ’ट’नामा परी चालक प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाका दशरथ विश्वकर्मा ग’म्भी’र घा’इते भएका छन्।उनलाई थप उपचारको लागि बुटवल रिफर गरिएको डिएसपी मल्लले बताए।

दु’र्घट’नाका अन्य थप ९ जना घा’इतेह’रूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको डिएसपी मल्ले जानकारी दिए।दाङको भालुबाङबाट रोल्पा जिल्लाको सुलिचौरतर्फ जाँदै गरेको रा १ ज ८०९ नम्बरको भाडाको स्कार्पियो बिहान साढे ९ बजेतिर प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ६ मोतिपुरमा दु’र्घ’ट’नमा परेको थियो।डिएसपी मल्लका अनुसार घा’इते यात्रुहरूले गाडीको ब्रेक फेल भएर दुर्घ’टना भएको जानकारी दिए। स्कार्पियो सडकदेखि झन्डै ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *