मिस पिंक २०१८ बिजेताले नागरिकता बनाउन नै ५-६ लाख खर्च गरिन कारण एस्तो



२०१८ को ‘मिस पिंक’ प्रतियोगिताको विजेता काभ्रेकी एन्जल लामा नागरिकता बनाउन आफ्नो गाउँ तिमाल पुगिन् । जन्मदर्ता लगायत विद्यालयका सर्टिफिकेटमा केटाकै रुपमा उनको पहिचान छ ।अहिले उनी ‘तेस्रोलिंगी महिला’ को रुपमा नागरीकता लिन चाहन्छिन् । जब उनले यो कुरा वडाध्यक्षसँग बताइन् । वडाध्यक्षले लिंग परिवर्तन गरेको प्रमाण मागे ।

लिंग परिवर्तन (gender reassignment surgery) को कानुनी प्रावधान नेपालमा नभएको र भारत, थाईल्यान्ड गएर लिंग परिवर्तन गराउन नसकिने भनाई उनको छ । ‘त्यसैले यो नियम हटाउनुपर्छ भन्ने माग तेस्रोलिंगी समुदायको हो’ । नेपालमाबाट विदेशमा गएर लिंग परिवर्तन गर्नको लागि ५ देखि ६ लाख लाग्छ । एउटा नागरिकता लिनको लागि मात्रै यति ठूलो रकम खर्च गर्नुसक्ने हैसियत सबै व्यक्तिहरुको हुँदैन । विदेश जानको लागि पासपोर्ट चाहिन्छ । नागरिकता बिना पासपोर्ट बन्दैन । त्यसैले यो विभेदकारी नीतिको अन्त्य हुनुपर्छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न माथि क्लिक गर्नुहोला ******
थप जानकारी हेर्नुहोस तलको भिडियोबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *