आन्दोलनकारीबाट भाग्‍न खोज्दा मोटरसाइकलले बालकलाई ठक्कर दियो

सुर्खेत– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले गरेको आमहड्तालमा सहभागी प्रदर्शनकारीबाट भाग्न खोज्दा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन ।सुर्खेतको वीरेन्द्रनगर जुम्ला रोडको सत्कार होटल अगाडी मोटरसाइकलले ठक्कर दिँदा ती बालक घाइते भएको प्रहरीले जनाएको छ ।

बन्दको अवज्ञा गरी मोटरसाइकल चलाएका ती व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा उनले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर मोटरसाइकलले अन्दाजी १० वर्षको बालकलाई ठक्कर दिएको हो। घाइते बालकको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *