केपीजीले गर्ने पञ्चे र्‍याली, हामीले गर्ने जनआन्दोलन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनआन्दोलन गर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा बिहीबार गरेको आम हड्तालमा सहभागी हुँदे प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूहरुले जनआन्दोलन गर्दा प्रधानमन्त्री केपी ओलीको समर्थनमा हुने प्रदर्शन पञ्चे र्याली मात्र हुने दाबी गरे ।

‘अब हामीले गर्ने भनेको जनआन्दोलन हो’, प्रचण्डले भने, ‘केपीजीले गर्ने भनेको पञ्जे र्याली मात्र हो ।’ प्रचण्डले संविधानविपरित संवैधानिक नियुक्तिको विरुद्ध आम हड्ताल गरेर सडकमा उत्रिनु परेको बताए । ‘जबरजस्ती लगेर संवैधानिक निकायमा नियुक्ति गरियो । यसले प्रतिगमनको उग्र रुप देखिएको छ’, प्रचण्डले भने, ‘नेपाली जनता केही अप्ठेरो भए पनि आन्दोलनमा लाग्छन् ।’

प्रचण्डले यो अन्दोलनलाई केपी ओली र प्रचण्डबीचको जुहारीको रुपमा नहेर्नसमेत अनुरोध गरेका छन् । उनले यो आन्दोलन ७० वर्षलामो नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि भएको बताए ।

‘यो आन्दोलन केपी ओली र प्रचण्डबीचको जुहारी होइन’ प्रचण्डले भने, ‘७० वर्षदेखि नेपाली जनताले ल्याएको उपलब्धिको रक्षाका लागि भएको हो ।’ प्रचण्डले संविधान मिचिएकाले कांग्रेस लगायत अन्य दल र नागरिक समाजसमेत सडक आन्दोलनमा रहेको प्रष्टसमेत पारे । उनले यो आन्दोलन लोकतन्त्रको रक्षाको लडाइँका लागि भएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *