ह’त्या अ’भि’यो’ग’मा ४ नाबालकसहित ७ प’क्रा’उ

राष्ट्रिय अनुसन्धान सहायक सुचक ह’त्या प्रकरण
नेपालगन्ज : राष्ट्रिय अनुसन्धान बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको हत्यामा संलग्न रहेको अभि’योगमा प्रहरीले ७ जनालाई प’क्रा’उ गरेको छ । गत १ माघमा नेपालगन्ज उपमहानगरपालिका–१८ सुर्जीगाउँको तोरीबारीमा मगरको हत्या गरिएको थियो । घ’टनाको दोस्रो दिन धा’रिलो वस्तुले वि’क्षिप्त रुपमा का’टिएको अवस्थामा मगरको श’व फे’ला परेको थियो ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४ नाबालकसहित ७ जना अभियुक्तलाई सार्वजनिक गरेका थिए । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१८ लग्दहवाका २४ वर्षका कर्कि भन्ने दिनेशकुमार कुर्मी (वर्मा), सुर्खेत गुर्भाकोट नगरपालिका–१४ का १९ वर्षका निश्चल गुरुङ र जाजरकोट जुनिचाँदे गाउँपालिका–७ का तेजबहादुर बिएम छन् । त्यसैगरी १६ वर्षदेखि १७ वर्षका सुवास थापा, विवेक परियार, सुमित विक र सुशान्त भण्डारी पनि पक्राउ परेका छन् ।

‘१ माघ साँझ ६ बजेतिर ६ जना अभियुक्त गाँजा खान लग्दहवास्थित आँप बगियामा गएका थिए । ‘घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोवार गर्ने स्थानको रुपमा रहेको हुँदा मृतक सो क्षेत्रमा सूचना संकलनको लागि साथी कर्किसँग गएका थिए’, एसपी रानाले पत्रकार सम्मेलनमा भने, ‘अभियुक्तहरु सबै जना गाँजा खाने साथीहरु थिए । बगैचामा गाँजा सेवन गरि सकेपछि घरतिर जाने क्रममा विवेक परियारले कर्किको हेलमेट राम्रो लागेर फोटो खिची उठाएर लगेर गएको र हेलमेट फिर्ता देउ भाइ भन्दै मृतक मगर घटनास्थलसम्म पुगेका थिए । सबै अभियुक्तहरुले चिर्पट प्रहार गरी मगरको हत्या गरेका थिए ।’

घटनास्थलमा पुग्ने बितिकै अभियुक्तबीच हेलमेट माग्ने क्रममा विवाद भइ कर्किबाहेका अन्य ६ जनाले हातमा लिएको चिरपट दाउराले सूचक मगरको टाउको, निधारको भाग, खुट्टाको घुडा, नली, शरीरको भागमा पटक–पटक प्रहार गरेका थिए । उनी भुइँमा ढलेपछि २ थान मोबाइल लगेर भागेको प्रहरीले जनाएको छ । घटनाको दोस्रो दिन नै कर्कि नेपालगन्ज–१८ बाट पक्राउ परेका थिए । १३ माघमा थापालाई नेपालगन्ज–२ घरबारी टोलबाट, १५ माघमा परियारलाई भक्तपुरको चागुनारायण तथालीबाट, विक र भण्डारीलाई नेपालगंज बसपार्कबाट, १६ माघमा बिकलाई, दाङ, सुर्खेतहुँदै धनगढी बसपार्क होटलमा लुकिछिपी बसेको अवस्थामा मगर र गुरूङलाई १७ माघमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अभियुक्त सबै जनालाई प्रहरीले मुलुकी अपराध संहित ऐन २०७४ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कैद माग दाबी गर्दै मुद्दा दायर गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *