गोंगबुमा विहानै ट्याक्सीमा आगजनी

काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् ।महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको हो ।

सिंहका अनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका थिए । उक्त ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ ।सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *