घरमा लुकाइ राखेको बन्दुकसहित गुरुङ प’क्राउ


****** यो समाचार को पुरा भिडियो हेर्न माथि क्लिक गर्नुहोला ******
स्याङजा : बिरुवा गाउँपालिकाका २३ वर्षीय भीमबहादुर गुरुङलाई भरुवा बन्दुकसहित प’क्राउ परेका छन्। इजाजत बिनाको एक नाले भरुवा बन्दुक एउटा, भरुवा बन्दुकको नाल २ वटा, फलाम र सिसाको जस्तो देखिने छर्रा १२ वटा, फलामको टुक्रा सानो ठूलोगरी २३ वटा र बारुद ५५ ग्राम फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।इजाजतपत्र बिनाको हातहतियार राखेको भन्ने सूचनाका आधारमा उनको घरमा खोजतलास गर्दा गोठमा रहेको काठको खलिया माथि घाँस र मकैको सुकेको डाठभित्र लुकाइ राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। हतियारसहित गुरुङलाई अदालतले आइतबार दिउँसो ७ दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *