गोदाममा आगो लाग्दा ८ जनाको निधन, अझै ५ जना पुरीएको आशंका

गोदाममा आगो लाग्दा ८ जनाको निधन, अझै ५ जना पुरीएको आशंका
एजेन्सी । भारतको गुजरातको अहमदावादमा एक कपडा गोदाममा आगो लाग्दा ८ जनाको निधन भएको छ । भारतीय सञ्चार माध्मले अझै ५ जना पुरीएको हुनसक्ने जनाएका छन् ।कपडा गोदाममा आगो लागेपछि भएको वि स्फो टका कारण घरको छत खस्दा ८ जनाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ५ जना अझै छतले पुरिएको हुनसक्ने आशंका गरिएको छ।उक्त स्थानमा अहिले आगो निभाउनका लागि दमकल पुगिसेकेको र राहत र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।अग्नि नियन्त्रण ब्युरोका एक अधिकारीले गोदामको छेउमा रहेको बायलरमा वि स्फो ट हुँदा आगो लागेको जानकारी दिए। यस घटनामा ६ जनालाई उद्धार गरिएको छ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *