प्रेमीले न’ग्न भिडियो र ठेगाना पो’र्न सा’इ’ट’मा हालिदिए, केही घण्टामै दर्जनौं पुरुष आएर ढोका ढ’क्ढ’क्या’ए





प्रेमीले न’ग्न भिडियो र ठेगाना पो’र्न सा’इ’ट’मा हालिदिए, केही घण्टामै दर्जनौं पुरुष आएर ढोका ढ’क्ढ’क्या’ए

काठमाडौं। एक महिलाले दुःखद् भोगाइ सुनाउँदै आफ्ना प्रेमीले कसरी क्यामेरा लुकाएर आफ्नो न’ग्न भिडियो बनाए, ती भिडियोलाई पो’र्न सा’इ’ट’मा हालिदिएर आफूलाई प्रताडित गरे भन्ने विषयमा बताएकी छिन् । यतिमात्र होइन प्रेमीले ती महिलाको ठेगाना समेत पो’र्न सा’इ’ट’मा हालिदिएका थिए । त्यसपछि त्यही ठेगानाका आधारमा यौ’नको माग गर्दै दर्जनौं पुरुष उनको ढोका ढक्ढक्याउन आइपुगे ।




मिररको रिपोर्टअनुसार इङल्याण्डको बर्मिंघमकी तीन सन्तानकी आमा शेरोन थम्पसनले दुखद भोगाइ सुनाएकी हुन् । शेरोनका अनुसार डेरेन नामका एक व्यक्ति २ वर्षसम्म उनका ब्वाइफ्रेण्ड थिए । एक दिन महिलाको घरमा कैयौं अन्जान मानिसहरु आएको देखेपछि उनी दंग परिन् । ४० वर्षकी शेरोनका अनुसार त्यस दिन केही घण्टामै १२ जना पुरुषले उनको घरको ढोका ढक्ढक्याएका थिए ।




घरमा लगातार पुरुषहरु आउन थालेपछि उनी डराइन् । त्यसपछि आएका १३ औं पुरुषसँग उनले त्यहाँ आउनुको कारण सोधिन् । त्यसपछि बल्ल उनलाई थाहा भयो कि उनको भिडियो र ठेगाना पो’र्न साइटमा राखिएको छ । उनलाई फेसबुकमा पनि सयौं म्यासेज आउन लागेका थिए । मानिसहरुले उनीसँग न’ग्न फोटो पनि माग्न थालेका थिए ।




शेरोनका अनुसार उनलाई पत्तै थिएन कि ग’र्भावस्थाको क्रममा उनका प्रेमीले उनको भिडियो बनाइरहेका छन् । उनलाई लागिरहेको थियो कि उनी प्रेमपूर्ण सम्बन्धमा छिन् तर उनले धेरै पछि मात्र ब्वाइफ्रेण्डको वास्तविकता थाहा पाइन् । पछि शेरोनको उजुरीमा पुलिसले आरोपीलाई गिर’फ्तार गर्यो । इङल्याण्डको वोल्भरह्याम्पटन अदालतले उनका पूर्वप्रेमीलाई दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *