दु:खद खबर भक्तपुरमा करेन्ट लागेर एक जनाको मृ’त्यु, एक घा’इते





भक्तपुरमा करेन्ट लागेर एक जनाको मृ’त्यु, एक घा’इते

भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा क’रेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ भने अर्का एक घा’इते भएका छन् । घ’टनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर ग’म्भीर घा’इते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौँ बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।




भक्तपुर नगरपालिकामा सडक बत्ती जडान गर्न बोलपत्र पारेको टप्सन इनर्जी सानो भ¥र्याङ काठमाडौँको तर्फबाट काममा खटिएका कामदारले विद्युत्को सिमेन्टको पोलमा सडक बत्तीको मेटलको पोलसहितको बत्ती जडान गर्ने क्रममा पोलमै टाँगिएको ना’ङ्गो तारमा छुँदा करेन्ट लागेको उनले जानकारी दिए ।





दिउँसो करिब १ः३० बजे क’रेन्ट लागेर पोलबाट भुइँमा ख’सेका मोक्तानको भक्तपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको र पोलमै टाँसिएका बुढाथोकीको भने पोलमै मृ’त्यु भएको प्रहरीको भनाइ छ ।सडक बत्ती जडान गर्ने क्रममा विद्युत् लाइन का’ट्न नलगाउँदा र सावधानी नअपनाउँदा मजदूरको मृ’त्यु भएको र जोखिमयुक्त काममा पनि बीमा नहुँदा उनीहरु थप मा’रमा परेको अन्य मजदूरको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *