बिहे गरेर अमेरिका लैजाने भन्दै दुइ युवतीको अनाैठो ध’न्दा !





बिहे गरेर अमेरिका लैजाने भन्दै दुइ युवतीको अनाैठो ध’न्दा !

आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठगी गरेको अा’रोपमा दुइ युवती प’क्राउ परेका छन् । महानगरीय अप राध महाशाखाको टोलीले शुक्रबार बाग्लुङ काठे गाउँपालिका–२ घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई निय’न्त्रणमा लिएको हो ।



उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार ठगी गरेको महाशाखाले जानकारी दिएको छ । ठगी गरेर उनीहरू रूपन्देहीको बुटवल क्षेत्रमा लुकिछिपी बसेका थिए ।फाइल तस्बिर




महाशाखको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले युवाहरूलाई फलो गर्ने र ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य बनाउँदै आएका थिए । कोपिला शर्माले आफू अमेरिकाको डिभी होल्डर भएको र अहिले लकडाउनका कारण नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको बताउदै आएकी थिइन् ।




त्यही स्टोर सञ्चालन गर्न पैसाको आवश्यक परेको र पार्टनर बनाउने भनी पटक पटक गरी ५ लाख ठगी गरेकी थिइन् । उनीहरूले यो तरिकाबाट थप एक लाख ६० हजार समेत ठगेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *