बारामा कारको ठ’क्कर लागेर बाघको मृ’त्यु !





बारामा कारको ठ’क्कर लागेर बाघको मृ’त्यु !

जिल्लास्थित जंगलमा पर्ने राजमार्गमा शनिबार बिहान कारकाे ठ’क्करले एउटा पाटे बाघकाे ज्या’न गएकाे छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ आधारभार जंगल क्षेत्रमा शनिबार बिहान करिब सवा ७ बजे उक्त घ’टना भएकाे बारा प्रहरीले जनाएकाे छ ।




प्रहरीका अनुसार हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको एक निजी कारको ठक्कर लागेर उक्त बाघको राजमार्गमै मृ’त्यु भएको हाे । बा १६ च ८११ नम्बरको उक्त कार हुइँकिँदै अाएकाे बेला बाटो क्रस गर्दै गर्दा बाघलाई ठक्कर दिएको र बाघ राजमार्गमै ढलेकाे प्रहरीकाे भनाइ छ । मृतक बाघकाे उमेर करिब १० वर्ष प्रहरीले जनाएको छ ।




घटनालगत्तै ठक्कर दिने कारका चालक सर्लाही घर भएका ५० वर्षीय अजय मिश्रलाइ लाइ नियन्त्रणमा लिइएकाे छ । कार चालक र मृत बाघलाइ राष्ट्रिय निकुञ्जको जिम्मा लगाएर थप अनुसन्धान थालिएकाे प्रहरीकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *