पेन्टीमा लुकाएर राखेको सुनका गरगहना र ६ लाख ६२ हजार रुपैयाँ सहित् प’क्राउ


विराटनगर– सुनका गरगहना र ६ लाख ६२ हजार रुपैयाँ अण्डरवेयर र कम्मरमा बेरेको पटुकामा लुकाएर ल्याउँदै गरेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले मोरङमा पक्राउ गरेको छ ।भारतबाट तस्करी गरी ल्याउँदै गरेको साढे २४ तोला सुनका गहनाहरु र हुण्डीको रकम सहित भारत जोगबनीका दिपक कुमार भगत पक्राउ परेका हुन् । उनलाई विराटनगर वडा नं. १७ इस्लामपुरबाट सुनको गरगहना सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ३ नं. हेडक्वार्टर कंकालिनी मोरङले जनाएको छ । उनको साथबाट लकेट ३७ थान, ब्रास्लेट ४ थान, झुम्का १० थान, चुरा २ थान र मोबाइल एक थान बरामद गरिएको र उनलाई विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेलले जानकारी दिनुभयो ।कोरोना संक्रमण फैलिन नदिन अन्तर्राष्ट्रिय सीमा सिल गरिएको भए पनि तस्करहरुले विभिन्न जुक्ती लगाएर तस्करी गर्ने गरेको पाइएको छ ।*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *