पार्किङ गरी राखिएको प्रदेशसभा समिति सभापतिको गाडी राति ज’लाइयो





पार्किङ गरी राखिएको प्रदेशसभा समिति सभापतिको गाडी राति ज’लाइयो

जाजरकोट — अज्ञात समूहले बिहीबार राति कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडी ज’लाइदिएका छन् । समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका–७, पुन्मामा ज’लाइएको हो ।





भेरी नगरपालिका–७, पुन्मामा बिहीबार राति आगो लगाएको कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक श्रोत समितिका सभापति गाणेशप्रसाद सिंह चढ्ने सरकारी गाडी सडक छेउमा पार्किङ गरी राखिएको उक्त गाडी राति १० बजेतिर अपरिचित समूहले जलाएको डीएसपी किशोर श्रेष्ठले बताए । गाडीमा एक्कासि आ’गो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको डीएसपी श्रेष्ठले बताए । गाडीमा आगो लगाउनेको खोजी भइरहेको उनले बताए ।





पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेतासमेत रहेका सभापति सिंहलगायत नेता कार्यकर्ताले भेरी नगरपालिका ७, स्याउलीमा शुक्रबार हुने पार्टी कार्यक्रममा जान उक्त गाडी प्रयोग गरेका थिए । पार्टीको आमसभा, संगठनलगायत कार्यक्रममा सभापति सिंहले सरकारी गाडी प्रयोग गरेको झोकमा आगलागी गरिएको आशंका गरीएको छ । यसअघि सभापति सिंहको उक्त गाडी सुर्खेतमा घाँस बोक्न प्रयोग भएको भनेर आलोचना भएको थियो ।

अहिलेसम्म कसैले आगलागीको जिम्मेवारी लिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *