राजनीतिबाट सन्यास लिँदै प्रचण्ड ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट सन्यास लिने भएका छन् । लामो समयको राजनीतिक अनुभवपछि उनले राजनीतिबाट सन्यास लिन लागेका हुन् अस्पताल भर्ना भएकी पत्नी सीता दाहालको स्वास्थ्य समस्या बढेपछि उनले सन्यास लिन लागेको स्रोतले जनाएको छ । बुधबार एक कार्यक्रममा बोल्दै प्रचण्डले श्रीमतीले आफुलाई जिन्दगीभर सेवा गरेको र उनलाई आफुले अब सेवा गर्ने बताएका थिए ।
‘प्रचण्ड’ पत्नी सिता दाहाल अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ। प्रचण्ड सचिवालयका अनुसार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। बुधबार उनको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै मेडिसिटी पुर्याइएको थियो।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो । छोरा प्रकाश दाहालको नि धनपछि भने उनी हिडडुल गर्नसमेत नसक्ने अवस्थामा छन् । हिड्नका लागि उनलाई सहयोग अनिवार्य भएको छ । Online marg बाट