नेपालमा फेरी बज्यो खतराको घन्टी, आज एकैदिन यति धेरै कोरोना संक्रमितको मृ’त्यु

काठमाडाैं । नेपालमा फेरि खतराकाे घन्टी बजेकाे छ । पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।२४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५४१९ रहेको छ । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ हजार थियो ।*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


पछिल्लो २४ घण्टामा थप २८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ रहेको थियो । यसैबीच कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।अहिलेसम्म एक लाख ३६ हजार दुई सय १६ जनाको उद्धार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरूले लगभग उद्धारकाे काम सकिएको जानकारी गराएपछि उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


कुनै देशबाट फेरि उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । यसैगरी सीमा नाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरेको छ । यसैगरी केबलकार, जङ्गल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको उनले बताए ।होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि पालिकाका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ । यस्तै कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको उनले बताए ।*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *