दाजुले स’ल्काएको आ’गोले लियो बहिनीको ज्या’न
बैतडी: बैतडीमा खरमा लगाइएको आ’गोले पो’लेर एक बालिकाको मृ’त्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ साउनखेतका मानबीर साउदका ४ वर्षीय छोराले घर पछाडी रहेको खरमा आगो लगाउँदा बालिकाको मृ’त्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बालकले लगाएको आ’गोमा परी साथमा रहेकी उनकै २ वर्षीया बहिनी रेखा साउदको घ’टनास्थलमै ज्या’न गएको हो। अहिले आगो नियन्त्रण्मा आएको र घरमा सामान्य क्ष’ति भएको स्थानीय मानसिंह साउदले जानकारी गराएका छन्।
स्थानीयले प्रहरीमा खबर गर्नासाथ अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक हेमबहादुर शाहको कमाण्डमा टोली घ’टनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। घ’टनास्थल प्रहरी चौकी गाजरीबाट ४ घण्टाको पैदल दुरीमा रहेको बताइएको छ।