ट्याङ्करसँग भारतीय ट्रक ठो’क्किएर भएको दुर्घ’टनामा २ जनाको मृ’त्यु





ट्याङ्करसँग भारतीय ट्रक ठो’क्किएर भएको दुर्घ’टनामा २ जनाको मृ’त्यु

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घ’टनामा परी दुईको मृ’त्यु भएको छ भने दुई जना ग’म्भीर घा’इते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को१ख २३३८ नम्बरको ट्याङ्कर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बिआर शून्य जिडी ८८५९ नम्बरको भारतीय ट्रक आज एकापसमा ठो’क्किएर दुर्घ’टना भएको हो ।




दुर्घ’टनामा परी ट्याङ्कर चालक मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारत विहार राज्य चम्पारण जिल्ला गमहरिया पञ्चायत बस्ने २० वर्षीय रङ्गिला कुमारको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । ग’म्भीर घा’इते चालक मण्डललाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृ’त्यु भएको र ट्रक चालक रङ्गिलाको उपचारका क्रममा मृ’त्यु भएको हो ।




यस्तै ट्याङ्करका सहचालक मोरङको धनपाल गाउँपालिका–३ बस्ने २२ वर्षीय धनराम यादवलाई जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने ट्रकका सहचालक भारतीय नागरिक जावेद आलमको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



ठ’क्करबाट ट्याङ्कर र ट्रकको अगाडिको भाग पूर्णरुपमा क्ष’तवि’क्ष’त भएको छ । घ’टनाको विवरणअनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४च ९३१७ नम्बर पिकअप बोलेरोले पश्चिमबाटै डिजल बोकेको ट्याङ्करलाई ओभ’रटेक गरेर अगाडि बढ्ने क्रममा पूर्वबाट आइरहेको भारतीय ट्रकमा ठोक्किन पुगेपछि ट्रक चालकको सन्तुलन बि’ग्रिएर ट्याङ्करमा ठो’क्किएको अनुमान गरिएको छ । सो दुर्घ’टनामा पिकअप बोलेरो गाडीमा पनि क्ष’ति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *