श्रीमान्‌को ह’त्या ग’रे’पछि रग’त लागेको च’क्कु बो’केर प्रहरी कार्यालय पुगिन् ५० वर्षीया महिला





श्रीमान्‌को ह’त्या ग’रे’पछि रग’त लागेको च’क्कु बो’केर प्रहरी कार्यालय पुगिन् ५० वर्षीया महिला

रुकुम पश्चिम । मुसीकोटस्थित जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम परिसरमा आइतबार साँझ ५ बजेतिर १ जना महिला रग’त लागेको च’क्कु बोकेर पुगिन् ।प्रहरीले सोधी–खोजी गर्दा उनी मुसीकोट नगरपालिका–८, किटनीकी ५० वर्षीया डल्ली बुढा भएको पत्ता लाग्यो । प्रहरी कर्मचारीले सोधपुछ गर्दा उनले अर्को तथ्य बताइन्, जुन सुन्दा अचम्म पर्ने खालको थियो ।




प्रहरीले सोधखोज गर्दा भनिन्, ‘मैले आफ्नै श्रीमान्‌को ह’त्या ग’रेको हुँ, मलाई कारबाही होस् ।’त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली मुसीकोट नगरपालिका–८, किटनी गयो । बुढाको घरमा पुगेपछि उनका ३९ वर्षीय श्रीमान चित्रहादुर थापाको श’व भेटियो । प्रहरीका अनुसार घ’टना भने आइतबार बिहान ४ बजेतिर नै भएको रहेछ ।

आइतबार विहान ४ बजे भएको घ’टनाको मुचुल्का उठाएर जिल्लासम्म श’व ल्याउँदा बेलुकीको ९ बजेको थियो ।‘बिहान उठेपछि नै दुवैजनाबीच वि’वाद सुरु भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले भने, ‘त्यसपछि वि’वाद बढ्दै जाँदा श्रीमतीले च’क्कु प्र’हार गरेको देखियो ।’




च’क्कु साथमै लिएर जिल्ला प्रहरी कार्यालयमै आएपछि प्रहरी टोली घ’टनास्थलमा गएको डीएसपी केसीले बताए । घ’टनास्थलमा धा’रिलो हति’यार प्रयोग गरी ह’त्या गरेको श’व भेटिएपछि अनुसन्धान अघि बढाइएको डीएसपी केसीले जानकारी दिए ।ह’त्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धानकै क्रममा रहेको डीएसपी केसीले बताए । डल्ली चित्रबहादुरकी कान्छी श्रीमती हुन् ।एकान्तमा घर रहेका कारण अरुले सजिलै घ’टनाको बारेमा थाहा पाएनन् । प्रहरी पुगेपछि मात्रै अरु स्थानीयले घ’टनाबारे थाहा पाएको मुसीकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बुद्धिप्रसाद बुढाले बताए ।

तस्वीर– ५० वर्षीया डल्ली बुढा, सौजन्य– जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *