कोरोना संक्रमणबाट मृ’त्यु, बजार सिल



*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

सल्यान — कोराना संक्रमणका कारण शारदा नगरपालिका–१ का ६७ वर्षीय पुरुषको मृ’त्यु भएको छ । उनको मृ’त्युलगत्तै श्रीनगर बजार सिल गरिएको छ ।संक्रमितको दाङमा उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनका अनुसार मृ’त्यु भएपछि मात्र उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । अस्पतालमा मृ’त्यु भएका उनलाई घर ल्याएर हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको थियो । उनको दाहसंस्कारको क्रममा मलामी गएका धेरैमा कोरोना संक्रमण हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि श्रीनगर बजार सिल गरेको हो ।थप संक्रमण फैलन नदिन एक साताका लागि बजारक्षेत्र सिल गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार मलामी गएका सबैको स्वाब संकलन गर्ने तयारी गरिएको छ भने आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *