भुक्तानी नपाइ सम्झौता भएको खबर सुनेर हृ’दयघा’तका कारण एक उखु किसान’को मृ’त्यु





भुक्तानी नपाइ सम्झौता भएको खबर सुनेर हृ’दयघा’तका कारण एक उखु किसान’को मृ’त्यु

बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दो’लन गरिरहेका किसान र सरकारबीच सम्झौता भएको सुनेर आ’न्दोलनमा आएका एक किसानलाई हृ’दयघा त भएर मृ’त्यु भएको छ ।




सर्लाहीका नारायणराय यादव (भगत) काठमाडौँको आ’न्दोलनमा सहभागी थिए । उनले यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय थिए । तर भुक्तानी नै नलिइकन सरकार र आ’न्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेर उनलाई हृ’दयघा’त भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए ।

सम्झौता हुने बित्तिकै भगतले आफूलाई फोन गरेर ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको ? काठमाडौँबाट खाली हात फर्किन मनै छैन । घरमा यसपाली पैसा लिएर आउने भनेर आएको तर यहाँबाट पैसा नलिइ आन्दोलन स्थगित गरेको भन्दै’ चित्त दुखाएको नेता चौधरीले बताए ।





विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा थिए । ‘राति नै फोन गर्दा उहाँलाई निकै चिन्तित भएको पाएको थिएँ । चिन्ता नगर्नुस् तपाईसँग म भोलि भेट्छु जसरी पनि भुक्तानी लिएर मात्र घर जाने हो भनेर सन्तवना दिएको थिएँ,’ नेता चौधरीले भने, ‘तर विहान अचानक फोन आयो कि भगतजी ट्वाइलेटमा ल’डेर बेहो’स हुनुभयो रे । म गंगालाल अस्पतालमा पुगेको छु । डाक्टरले पनि त’नावका कारण यो ए’ट्याक भएको भन्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *