काठमाडौंबाट जादै गरेको यात्रुबाहक बसमा बेवारिसे ७ तोलाको सुनको बाला भेटियो





काठमाडौंबाट जादै गरेको यात्रुबाहक बसमा बेवारिसे ७ तोलाको सुनको बाला भेटियो

काठमाडौं, १३ पुस । प्रहरीले चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग कलङ्की प्रमुख मिठ्ठु खड्काको नेतृत्वको टोली र महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीको संयुक्त चेक जाँचको क्रममा सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । विषेश सूचनाको आधारमा चेकजाँच गर्दा कंलकी ढुङ्गेअड्डा पुलमा चेकजाँच सुन जस्तो देखिने,

पहिलो धातु बरामद गरेको प्रहरीले बताएको छ । महानगरीय ट्राफिक प्रहरी कंलकीका प्रमुख पुरूषोतम कार्कीका अनुसार काठमाडौंबाट सर्लाहीको मलंगवा जादै गरेको ना ८ ख ७३३४ नम्बरको यात्रुबाहक बस चेक जाँच गर्दा गाडीको क्याविनको सिसा नजिकै रहेको करिव ५(७ तोलाको बेवारिसे सुनको बाला बरामद गरिएको बताए । सुनको बाला कसले राख्यो भन्ने कुरा नखुलेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *