चोरीको आ’रोप लागेपछि बलिउड महानायक अमिताभ बच्चनले माफी मागे





चोरीको आ’रोप लागेपछि बलिउड महानायक अमिताभ बच्चनले माफी मागे

काठमाडौं । चोरीको आ’रोप लागेपछि बलिउड महानायक अमिताभ बच्चनले माफी माग्नु परेको छ । गत बिहिबार, अमिताभले जिन्दगीको चियाको बारेमा सामाजिक सञ्जालमा एक कविता साझा गरेका थिए । यसमा तिशा अग्रवालले दावी गरे अनुसार कविता उनको हो ।




उनको कविता सेयर गर्दा बच्चनले श्रेय नदिएको भन्दै उनले गुनासो गरेकी थिइन् । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तिशा अग्रवालको पोस्ट साझा गरे र अमिताभमाथि कविता चोरेको आरोप लगाउन थाले ।

तीन दिन पछि जब अमिताभले यो प्रवृत्ति आफैं बिरूद्ध भइरहेको देखे तब उनले तिशा अग्रवालसँग माफी माग्नु परेको थियो । आइतवार राति अमिताभले माफी माग्दै लेखे, ‘गल्ती सुधार । यो कविता र विचार तिशा अग्रवालले लेखेकी थिइन् । मलाई यसको बारेमा थाहा थिएन ।

कसैले मलाई यो कविता अरु कसैले पठाईएको थियो जुन मैले मनपराए र मैले यसलाई पोष्ट गरेको थिएँ । माफ गर्नुहोस्, यो कसैको अपमान गर्ने अभिप्रायले गरिएको थिएन । म दुःखी छु।’ अमिताभको उक्त व्यवहारलाई लिएर धेरैले तारिफ पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *