काठमाडौं, २३ कात्तिक । सहकर्मीकै श्रीमतीसँग प्रेम सम्बन्ध राखी त्यसबारे पोल खुलेपछि साथीकै ह’त्या गर्ने व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् । मकवानपुरका मान कुमार थिङलाई महानगरीय अपराध महाशाखाले प’क्राउ गरेको हो ।गत वर्ष २८ साउनमा उनले ललितपुरको गुहेपोखरी बस्ने उदयपुरका हरि खड्काको ह’त्या गरेका थिए । खड्का र तामाङबीच सँगै मुर्ती बनाउने क्रममा चिनजान भएको थियो । हरिकी श्रीमती विष्णुसँग उनी नजिकिएका थिए । मानबहादुर र विष्णुबीच म्यासेज आदान प्रदान भएको हरिले थाहा पाएपछि विावद भएको थियो । त्यसपछि मानबहादुरङले हरीलाई भेट्न बोलाएर कुटपिट गरी ह’त्या गरेका थिए ।सो घटनामा संलग्न मृ’तककी श्रीमती विष्णुसहित धने भन्ने आरुष थिङ, दिपक बम्जन, राज बम्जन तथा सागर वाईवालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पहिला नै प’क्राउ गरिसकेको थियो । खुम्य अभियुक्त खड्का त्यसबेला भारत भागेका थिए । उनलाई निरन्तर खोजी गरी मकवापुरबाट प’क्राउ गरिउको महाशाखाका एसपी ईश्वर कार्कीले बताए ।*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****