जीप दुर्घ’टनामा नौ घा’इते





मकवानपुर, १० पुस । हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ ठूलो भावरतर्फ जाँदै गर्दा ग १ ज ७२८९ नम्बरको जिप आज अनि’यन्त्रित भई दुर्घ’टना हुँदा नौ यात्रु घा’इते भएका छन् ।



घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घा’इते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


घा’इते भएकामध्ये दुई जना सामान्य र सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । प्रहरीले बोलेरो जीपका चालकलाई निय’न्त्रणमा लिई घट’नाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *