१० बर्ष अघि नै मृत्यु भएको भनिएका ब्यक्तिले सैलुनमा कपाल कटाइरहेको तस्वीर भाइरल भएपछि….




परिवारले १० बर्ष अघि नै मृत्यु भएको अनुमान गरेका ब्यक्ति सैलुनमा कपाल मिलाई रहेको पाइए । यति मात्र होइन उनको हेयर स्टाइल पनि तुरुन्तै भाइरल भयो । नयाँ हेयर स्टाइलले उनलाई पुरानै दुनियातिर लिएर गयो ।

यी ब्यक्तिको परिवारले उनी १० बर्ष अघि नै बितेको सोचेका थिए । उनको त्यसैले खोज खबर थिएन । तर एकाएक उनको नयाँ हेयर स्टायल सामाजिक सञ्जालमा देखेर परिवार नै अचम्ममा पर्यो र उनको खोजी सुरु गर्यो ।

४५ बर्षे जोआहो कोल्हो गुमेराइज ब्राजिलको शहर गोइनियामा ३ बर्षदेखि बसोबास गर्दै आएका छन् र उनको परिवारले उनको मृत्यु भएको सोचेको थियो तर यी व्यक्तिको तस्विर सोशल मिडियामा भाइरल भएपछि कोल्होले एक दशक पछि आफ्नो परिवार भेटे ।

ब्राजिल देशका गायक अलेजान्ड्रो लोबोको त्यहाँ एक पसल छ। उनले अखबारसँगको कुराकानीमा भने कि ती मानिस प्रायः पुरुषको कपडा पसल र नाईशप वरिपरि आउने जाने गर्थे । उनी पसलमा भने कहिल्यै छिर्दैनथे ।



एक दिन उनी पसल भित्र गए । पसलमा उपस्थित मानिसहरूले उनलाई भोकाएको हो कि भनेर सोधे । उ आफ्नो कपाल मिलाउन चाहन्छ । उनको कपाल मिलाउन दुई घण्टा लाग्यो ।

लोबोले भने कि उनका आमा र छोरीले कोल्होको तस्विरहरू सोशल मीडियामा भाइरल भए पछि बोलाए । परिवार पछिल्लो दशकदेखि सोचिरहेको थियो कि उनी म’रे । परिवारले फोटोहरू हेरेपछि हामीलाई सम्पर्क गरे र उनलाई लिएर गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *