breaking news सातै प्रदेशमा कोरोनाविरुद्धको खोप भण्डारण गर्न कोल्ड चेन निर्माणको तयारी थालियो (भिडियो)





काठमाडौं, ९ पुष । सरकारले कोरोना भाइरस विरुद्धको खोप ल्याउने तयारी अन्तिम चरण पुर्याएको छ । खोप भण्डारणको लागि ८ करोड लगानीमा सातै प्रदेशमा कोल्ड चेन भण्डारण निर्माणको तयारी समेत गरिसकेको खोप माखाशाखाले जनाएको छ ।

नेपालको लागि सुहाउँदो खोपले लाइसेन्स पाउने बित्तिकै नेपालमा कोरोना खोप भित्रिने स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ । नेपालमा आउने कोरोनाविरुद्वको खोपको ४ मापदण्ड हुनुपर्ने तय गरिएको छ ।



खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने ,खोपको पर्याप्त उपलब्धता हुनुपर्ने ,नेपालका लागि उपयुक्त कोल्ड चेन भण्डारणको र कम लागतको खोप नेपालले पर्खिरहेको छ ।

यो मापदण्डको खोप अहिले विश्व बजारमा नआइसकेको कारण खोप खरिद प्रक्रिया अघि नबढाइएको यद्दपी कोरोना खोप छिटो भित्र्याउन तीब्र प्रतीक्षामा सरकार रहेको खोप माहाशाखाका प्रमुख डा झलक गौतमले जानकारी दिनुभयो ।

सरकारले खोप ल्याएपछि पहिला स्वास्थ्यकर्मी र ८० वर्ष माथिकालाई दिइनेगरी खोप दिने क्रमबद्द तयारी पनि गरेको छ । खोप भण्डारणको लागि ८ करोड लगानी गरेर सातै प्रदेशमा कोल्ड चेन निर्माणको कार्य पनि अगाडि बढाइएको छ ।



सबै भन्दा धेरै खोप भण्डारण गर्नको लागि त्रिभूवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गरिने भएको छ । हाल नेपालमा प्रयोग भएका खोपहरु २ देखि ८ डिग्रीमा भण्डारण हुँदै आएकोमा माइनस २० डिग्री तापक्रमसम्ममा खोप भण्डारण गर्न मिल्ने कोल्ड चेनको भौतिक संरचना बढाउने तयारी तीब्र पारिएको छ ।

कोभ्याक्स अन्तर्गत सहयोगमा आउने २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप तुरुन्तै आउन सम्भव नभएको कतिपय बिज्ञहरुको ठहर छ । सरकारले खोप निर्माण गरिरहेको कम्पनी र सम्बन्धित देशलाई खोप सहयोगमा उपलब्ध गराउन अनुरोध गर्दै पत्र समेत पठाएको छ ।



खोप खरिदको लागि सस्तोमा खोप दिन अनुरोध समेत गरेको छ तर अहिले विश्वका धेरै देशले आफ्नो देशमा खोप छिट्टो भित्र्याउन खोप निर्माता कम्पनीहरुलाई अग्रिम भुक्तानी समेत दिन थालिसकेका छन् । नेपालले कोरोनाविरुद्धको खोप खरिदको लागि ४९ अर्ब रकम छुट्याएको छ ।

तर हाल विश्व बजारमा आएका खोप महँगो र भण्डारणमा पनि खर्चिलो छ । त्यसैले नेपालले छिट्टै खोप भित्र्याउन नसक्ने हो कि भन्ने शंका उत्पन्न भएको छ । यद्दपि खोप ल्याउने तयारीमा जुटेका खोप विज्ञ भने ४ महिना भित्र नेपालले खोप भित्र्याउने बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *