दु:खद खबर दुर्घ’टनामा ९ जनाको मृ’त्यु




काठमाडौ । सुनसरी, धनकुटा र बाराका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । सुनसरी, देवानगञ्ज नगरपालिका-२ रामटोलस्थित सडकमा को.२ ह ४९२१ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय बेचु दास मेहेताको बुधबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



धनकुटा, धनकुटा नगरपालिका-७ जिरो प्वाईन्टस्थित सडकमा को।१ ख ४०७४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ रुद्रबारी पाखाटोल बस्ने ५० वर्षीया गुणमाया राईको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१९ स्थित सडकमा लु.२ त २२४६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सदाम देवानका १ वर्षीय छोरा समिर देवानको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नेशनल मेडिकल कलेज बीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसैगरी काठमाडौं, झापा, सिरहा, बैतडी र रुपन्देहीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । काठमाडौ महानगरपालिका-१४ वल्खुस्थित सडकमा बा.२१ च ५०६४ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री नवलपरासी ९पूर्व० देवचुली नगरपालिका-१४ घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



झापा बिर्तामोड नगरपालिका-५ पूर्व धर्मकाटास्थित सडकमा बा।२१ च ५९३६ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँस्थित अन्नपूर्ण चोक बस्ने २८ वर्षीय राजेन्द्र चौधरीको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा नरहा गाउँपालिका-३ स्थित सडकमा प्रदेश.२-०२-००१ त ०७६८ नम्बरको ट्याक्टरले ज.११ प २१७८ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका खोरिया टोल बस्ने ३० वर्षीय नईम साँको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाईते भएको उनको उपचारको लागि मंगलम हेल्थ केयर सेन्टर मिर्चैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र ट्याक्टरलाई नियन्त्रणमा लिएर हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सिरहा, लहान नगरपालिका-१ पडरियास्थित सडकमा मे.१ ख १६७५ नम्बरको बसले स.१० प ९८४९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङ रुपाकोट मझुवागढि नगरपालिका-४ बस्ने ३० वर्षीय हिरालाल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएको उनको राउ स्मारक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार खोटाङ हलेसी तुवाचुङ नगरपालिका-१ वासिङ बस्ने ३२ वर्षीय हिरा बहादुर राईको सोही अस्पतालमा उपचार भईरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैतडी सुर्नया गाउँपालिका-७ आलुगैरास्थित सडकमा से.१ ज ८४३ नम्बरको बलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जीप चालक बझाङ बुङगल नगरपालिका-११ बस्ने २६ वर्षीय घनबहादुर बोहराको घट्नास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनाको जिल्ला अस्पताल डडेलधुरामा उपचार भइरहेको छ ।



रुपन्देही देवदह नगरपालिका-१० चरङ्गे जङ्गलस्थित सडकमा ना.७ ख ९७०२ नम्बरको बसको ठक्करबाट पैदलयात्री तिलोत्तमा नगरपालिका-८ दिपनगरचोक बस्ने २४ वर्षीय बिनोद क्षेत्रीको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *