अप’राधका बारेमा समाचार लेख्दै आएका एक पत्रकारको ह’त्या





एजेन्सी, ९ पुस । संगठित अप’राधका बारेमा समाचार लेख्दै आएका एक जना पत्रकारको गो’ली ‘हा’नी ह’त्या गरिएको छ । सोमबार गो’ली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा नि’धन भएको प्रहरीले जनाएको छ । ‘

क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने पत्रकार गुएभेरालाई देशको दक्षिणपश्चिम स्थित काली भन्ने स्थानमा गो’ली हा’निएको थियो ।काली नगरका मेयर जर्ज इभान ओस्पिनाले पत्रकारहरुसँग कुरा गर्दै सन् २०१७ देखि नै आफूमाथि ह’त्याको ध’म्की दिएको भन्दै गुएभेराले प्रहरीलाई जानकारी गराएको बताउनु भएको छ ।



मेयर ओस्पिनाले ह’त्यामा संलग्नका बारेमा जानकारी गराउने व्यक्तिलाई १५ हजार डलर पुरस्कार दिइने पनि घोषणा गर्नु भएको छ । प्रहरीले पत्रकार गुएभेराको ह’त्या रिपोर्टिङको सिलसिलामा नभएको दाबी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।



प्रेस फ्रिडम फाउन्डेसनका अनुसार, गुएभेरामाथि सन् २०१७ मा समेत संगठित आप’राधिक समूहले सां’घातिक आक्र’मण गरेका र लगातार ह’त्याको ध’म्की दिएका थिए । गुएभेराले सन् २०१८ र यसैवर्षको अगस्टमा पनि आफूमाथि आक्र’मणको ध’म्की दिइएको बताउनु भएको थियो ।



कोलम्बीयाका लागि राष्ट्रसंघीय मानव अधिकार आयुक्त जुलिएट डी रिभेरोले उक्त घट’नाको निन्दा एवं भत्र्सना गर्दै अप’राधीलाई कानुनको दायरामा ल्याउन आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *