न्यायाधीशहरु होटलमा महिलासहित आप’त्तिजनक अवस्थामा प’क्राउ





न्यायाधीशहरु होटलमा महिलासहित आप’त्तिजनक अवस्थामा प’क्राउ

काठमाडौं । होटलमा न्यायाधीशहरु आ’पत्तिजनक अवस्थामा फेला परेका छन् । यो थाहा पाएपछि भारत, बिहार राज्यका तीन न्यायाधीशहरुलाई सेवाबाट बर्खास्त गरिएको छ । ती तीन न्यायाधीशहरू नेपालमा महिलाहरूसँग आपत्तिजनक स्थितिमा फेला परेका थिए ।



राज्य सामान्य प्रशासन विभागले भर्खरै यस सम्बन्धमा एक अधिसूचना जारी गरेको हो । अधिसूचनाका अनुसार बर्खास्त गरिएका न्यायिक अधिकारीहरुमा हरि निवास गुप्ता, जितेन्द्र नाथ सिंह र कोमल राम रहेका छन् । अधिसूचनामा यो पनि भनिएको छ कि यो बर्खास्त फेब्रुअरी १२, २०१४ देखि लागु हुनेछ र तीनै न्यायाधीशहरु सेवानिवृत्ति पछि हुने सुविधाहरुबाट पनि वञ्चित हुनेछन् ।



समाचार एजेन्सी पीटीआईका अनुसार, त्यस समय हरि निवास गुप्ता परिवार अदालत समस्तीपुरका प्रमुख न्यायाधीश, जितेन्द्रनाथ सिंह अररियामा अतिरिक्त जिल्ला न्यायाधीश र कोमल राम अररियामा अतिरिक्त न्यायाधीश सह–मुख्य न्यायिक मजिस्ट्रेटको पदमा थिए । उनीहरुलाई विराटनगरको एउटा होटेलमा नेपाल प्रहरीले रंगेहात समातेको थियो ।

उनीहरुलाई पछि रिहा गरियो तर यो कुरा मिडियामार्फत बाहिर आयो । पटना उच्च अदालतले उनीहरु विरुद्ध मुद्दाको छानबिन आदेश दियो जसमा उनीहरु दोषी साबित भएका थिए । उनीहरुलाई बर्खास्त गर्न सिफारिस गरिएको थियो । गत वर्ष खारेज गरिएको सर्वोच्व अदालतमा अधिकारीहरूले यस निर्णयको विरोध पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *