ट्रक दुर्घ’टना हुँदा तीन जनाको घ’टनास्थलमै मृ’त्यु




नवलपरासीपूर्व गैंडाकोट नगरपालिका ३ भोक्रोफाँटमा कालीगण्डकी करिडोरको ट्रक दुर्घ’टना हुँदा तीन जनाको मृ’त्यु भएको छ ।नवलरासीपूर्व गैंडाकोट ३ भोक्रोफाँट स्थित २६ किलोमिटरको पहरामा ना ३ ख ५३३९ नम्बरको लोरी प्लेटफर्म टेलर आज बिहान भीरबाट ख’सेको हो ।

बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गरेको लरी भी’रबाट झण्डै एक सय मिटर तल ख’स्दा तीन जनाको घ’टनास्थलमा नै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

मृ’त्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका १७ का ४५ वर्षीय सुरेश भुजेल, सोही ठाउँका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्सा ठोरी गौतमनगरका ५० वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले स्थानीय र डोरीको सहायतामा भीरमा रहेको श’व निकालेका थिए । दु’र्घ’टनास्थलमा गाडी टु’क्रा टु’क्रा भएर उछिट्टिएको छ ।



स्थानीयको सहयोगमा घ’टनास्थलबाट श’व उठाई चितवनस्थित भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलरासीपूर्वका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

घ’टनास्थल पूर्व पश्चिम राजमार्गको गैंडाकोटबाट करिब ३५ किलोमिटर उत्तरमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *