आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको ह’त्या
खोटाङ– आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको ह’त्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको ह’त्या गरेको खुलासा भएको हो ।
करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट उनलाई जङ्ग’लमा लगे’र ह’त्या गरेको खुल्न आएको हो ।
ह’त्या हुनुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक ध’म्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुन्तलालाई लगेर ह’त्या गरेको उनका श्रीमान् दिनेशले बताए । “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले सकुन्तलालाई साथैमा लगेर जानुभयो”, उनले भन्ने, “घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन स’म्पर्क नभएपछि खो’जत’लास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुखोला नजिकैको ज’ङ्गलमा ह’त्या भएको अव’स्थामा फे’ला पर्यो ।”
भिनाजुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको ह’त्या भएको हुनसक्ने सकुन्तलाका भाइ समीर राईले बताए । “दाजु सञ्जीवले दिदीलाई जङ्ग’लमा ल’गेर कु’ट्दै ग’रे’को भेडा गोठालाले देखेका रहेछन्”, उनले भने, “आफूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँ’कमा ह’त्या गरि’एको छ । ह’त्यामा संलग्न दाजु सञ्जीवलाई कडाभन्दा कडा कार’वाही गरियोस् ।”
विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुसार सकुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइ/कटाइ पेशा गर्दै आएकी थिइन् ।
केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुन्तलाले आफूसँग पनि दाजु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै द’बाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए । सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको ह’त्यामा सं’लग्नलाई क’डा कार’वाही गर्न मा’ग गरेका छन् ।
घ’टनामा संलग्न राईलाई प’क्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । “घ’टनाका बारेमा अनुसन्धान भइरहेको छ”, उनले भने, “ह’त्यारा निय’न्त्रणमा रहेकाले केही समयपछि स’त्यत’थ्य सार्वजनिक गरिनेछ ।”
दाजुको कु’टाइबाट ज्या’न गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चो’ट तथा नील’डाम देखिएको आफन्तले बताएका छन् । उत्तिसको ला’थ्रो (लौ’रो)ले हा’नेर ह’त्या गरिएकी सकुन्तलाको श’व मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परी’क्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दा’हसं’स्कार गरेको छ ।