आज मात्र नेपालमा यति धेरै कोरोना संक्र’मितहरले कोरोना संक्र’मणबाट ज्या’न गु’माए ।





७ हजार जनाको परीक्षण गर्दा ७ सय २२ संक्रमित थपिए, संक्रमणको दर निरन्तर घट्दै
काठमाडौं, ७ पुष । मुलुकमा थप ७ सय २२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय २२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।



काठमाडौं उपत्यकामा थप ३ सय ६५ जनामा संक्रमण फेला
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ६५ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय ६० महिला र २ सय ५ पुरुष छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १९ हजार ९ सय १७ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९५ हजार २ सय ९ जना, ललितपुरमा १४ हजार ८ सय ९१, भक्तपुरमा ८ हजार ६ सय ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ६६ निको भए, ३ को मृत्यु
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ६६ निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ । निको हुनेको कुल संख्या प्रतिशतमा ९६ दशमलव ३ रहेको छ ।


त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ७ हजार ७ सय २९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १८ लाख ८४ हजार १ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *