कोरोना संक्रमित व्यक्ति झूटो बोलेर उडान गर्दै थिए, जहाजमै भयो मृत्यु





एजेन्सी । कोरोना पोजेटिभ भएका एक ब्यक्तिले झुटो बोलेर प्लेनमा बसे । उनले आफुलाई कोरोना नभएको र प्लेनवाट उत्रिएपछि पिसिआर परिक्षण गराउने बताएका थिए । तर जहाज उडेको केही बेरमै उनको निधन भयो । यो घटना अमेरिकामा भएको हो । घ’टना पछि उनको पत्नीले स्वास्थ्यकर्मीलाई बताइन् उनी गएको एक हप्तादेखि कोरोनाका लक्षण देखिएको थियो । उनले गन्ध र स्वाद थाहा पाउँदैनथे ।

तर उडान हुनु अगाडी उनले झुटो बोलेकी थिइन् । उनले आफ्ना पतिलाई कोरोना पुष्टि नभएको बताएकी थिइन् । लस एन्जलसको शहरमा उसको कोरोना भाइरस टेस्ट गराउन जान लागेको बताएकी थिइन् ।



रिपोर्टका अनुसार, उनी विमान चढ्नु अगाडी थरथर काँपेका थिए । उडान हुनुभन्दा अघि नै र सास फेर्न समस्या भइरहेको थियो। उडान पछि, ति व्यक्तिको अवस्था झन् खराब हुँदै गयो। यस पछि, उडानले न्यू ओर्लिन्समा आपतकालिन अवतरण गर्नुपर्‍यो। यस व्यक्तिको बिग्रँदो अवस्था देखेर धेरै यात्रुहरू पनि यस व्यक्तिको वरपर आए र स्वास्थ्यकर्मी टोलीमा रहेका एक व्यक्तिले उनको सीपीआर (मुखवाट श्वास दिने काम ) पनि दियो।

उडानका क्रममा उनले मास्क लगाएका थिए । तर एक घण्टाको यात्रा पछि नै उनले श्वास फेर्न बन्द गरे । यस पछि, क्याबिन चालक दलले स्वास्थ्यकर्मी बोलाए । टोनी एल्डपा नाम गरेको व्यक्तिले कोरोनाको जोखिमकाबीच उनलाई बचाउन हर प्रयास गरे । उनले सीपीआर दिए । यद्यपि यसले काम गरेन र उनको निधन भयो ।



टोनीले ट्वीटमा लेखे ( एक व्यक्ति जो कोरोनाबाट पीडित हुन सक्छ, मैले उनको जीवन सीपीआरको सहयोगमा बचाउने प्रयास गरें। मलाई थाहा छ यसमा पनि धेरै जोखिम थियो। मैले यस यात्रीकी श्रीमतीसँग उसको मेडिकल इतिहासको बारेमा कुरा गरेको थिएँ तर उनले यो व्यक्ति कोरोना पॉजिटिभ छ भनेर भनेनन बरु उनले मलाई भने कि उनी यस व्यक्तिको लस एन्जलसमा कोरोना टेस्ट गर्नु पर्ने थियो।

यस घ’टना पछि, स्वास्थ्य अधिकारीहरु बाँकी यात्रुहरु लाई सम्पर्क गर्ने कोशिस गर्दैछन्, उडान टोलीलाई अर्को दुई हप्ताको लागि स्वयं क्वारेन्टिनका लागि लागि आग्रह गरिएको छ। यस अवस्थामा, एक एयरलाइन्सका प्रवक्ताले भने कि हाम्रो उडान न्यू ऑरलियन्समा मेडिकल इमरजेन्सीको कारण अवतरण गर्नुपर्‍यो र स्वास्थ्यकर्मीले यात्रीलाई स्थानीय अस्पतालमा भर्ती गराउन खोज्यो तर उनको नि’धन भइसकेको थियो ।



ति व्यक्तिको सिट सेनिटाइज गरियो र फ्लाइट लस एन्जलसको लागि उडान भयो। यद्यपि युनाइटेड एयरलाइन्सको लापरवाहीका कारण धेरै मानिसहरु पनि चिन्तित भए र धेरै व्यक्तिले ट्वीट गरे र भने कि कसरी एउटा कोरोना पोजेटिभ व्यक्ति उडानमा यात्रा गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *