‘मलाई कारवाही गर्न प्रचण्डलाई मेरै हस्ताक्षर चाहिन्छ’ प्रधानमन्त्री केपी ओली




विघटित प्रतिनिधि सभाका आफू निकट सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि तयार रहन निर्देशन दिएका छन्। आफू निकट सांसदलाई बालुवाटारमा बोलाएर ओलीले पार्टीमा आफूलाई घेराबन्दी गरिएकाले संसद विघटन गर्नुपरेको प्रस्टिकरण दिएका हुन्।

छलफलका क्रममा ओलीले प्रचण्डले आफूलाई कारवाही गर्न नसक्ने दाबी गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। ओलीका सञ्चार विज्ञ रामशरण बजागाईले ओलीको उपस्थिति बिनाको निर्णय आधिकारीक नहुने जिकिर ओलीले गरेको बताए।

‘पद एउटा र त्यसमा दुई व्यक्ति मात्रै हुन्। अध्यक्षको हस्ताक्षर बिना निर्णय कसरी आधिकारिक हुन्छ। कारवाही बैधानिक हुँदैन्,’ ओलीलाई उदृत गर्दै उनले भने।नेकपाको आइतवारको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो।

कारवाहीको प्रस्ताव केन्द्रीय कमिटीबाट पारित गरिदैछ। ओलीलाई कारवाही गर्ने निर्णय भएसँगै नेकपाको एकता धरापमा परेको छ। सोमबार ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल-बरिष्ठ नेता माधव नेपाल समूहले छुट्टा छुट्टै भेला गरेका छन्। ओली समूको भेला बिहान साढे ९ बजे वालुवाटारमा भएको थियो भने प्रचण्ड-नेपाल समूहको भेला संसद भवन बानेश्वरमा १ बजे भएको थियो। पहिलो पोष्टबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *