आज मात्र नेपालमा यति धेरै कोरोना संक्र’मितहरले कोरोना संक्र’मणबाट ज्या’न गु’माए ।





पछिल्लो २४ घण्टामा देशभर ५८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त अवधिमा चार हजार ६२० नमुनाको ‘पीसीआर’ परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ९७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ४३ हजार ६६४ छ ।

काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ७८८ पुगेको छ ।

हाल देशभर आठ हजार ३२० संक्रमित ‘आइसोलेसन’मा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *