हात्ती चराउने क्रममा माहुतेलाई हात्तीले ज्यान लियो

हात्ती चराउने क्रममा माहुतेलाई हात्तीले ज्यान लियो

**** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

काठमाडौं । हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले माहुतेको ज्यान लिएको छ । आज दिउँसो निकुञ्जभित्र हात्तीले रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको ज्यान लिएको हो ।राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले माहुते धामीको घट’नास्थलमा नै मृ’त्यु भएको कोषका प्रमुख बाबुराम लामिछानेले बताउनुभयो । लामिछानेकाअनुसार हात्ती चराउन गएका धामीलाई साढे चार वर्षको राजागज नामको भाले हात्तीले घट’नास्थलमै ज्यान लिएको हो । हात्ती चराउने क्रममा तर्सिएर भाग्दा हात्तीबाट खसेका धामीलाई हात्तीले कुल्चिनुका साथै दाह्राले हानेको लामिछानेले बताउनुभयो ।मृ’तकको लाश पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको लामिछानेले जानकारी दिनुभयो । राजगज हात्ती राष्ट्रिय प्रकृति संरक्षण कोषमा नै जन्मिएर हुर्किएको हात्ती हो । भाले हात्तीको स्वभाव पोथी हात्तीको भन्दा अली डरलाग्दो हुनेसमेत लामिछानेको भनाइ छ ।**** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *