Breaking News !! ओलीद्वारा संसद् विघटनको सिफारिस





सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।

यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।


काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद बिघटनको सिफारिश गरेका छन् । उनले उक्त निर्णय गरेर बैठकबाट निस्किएका हुन् ।

संसद बिघटनको सिफारिश राष्ट्रपति समक्ष पेश हुनेछ । राष्ट्रपतिले यसलाई जारी गर्नुपर्ने हुन्छ ।मन्त्रिहरु प्रधानमन्त्रीको निर्णयबाट आश्चर्यचकित भएको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *