काम ढिला भएको भन्दै सेवाग्राहीद्वारा पर्वतको मालपोत कार्यालयमा तो’डफो’ड





मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तो’डफो’ड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तो’डफो’ड गर्नुका साथै कागजात च्या’तेका छन् ।

कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तो’डफो’ड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयभित्र प्रवेश गरी तो’डफो’ड गरेको सूचनाका आधारमा निय’न्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजी’नामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गा’ली गर्दै एक्कासि तो’डफो’ड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयभित्र हुने काम भइरहेका बेला आ’वेगमा आएका उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्ष’ति पुर्याएको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो । घट’नाबारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्ष’तिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *