यसरी नेपालमा बन्दै विश्वकै सबैभन्दा लामो केवलकार, भियतनामको रेकर्ड तोड्दै नेपाल





यसरी नेपालमा बन्दै विश्वकै सबैभन्दा लामो केवलकार, भियतनामको रेकर्ड तोड्दै नेपाल


अर्को समचार पनि पढ्नुहोस्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भदौ २६ को निर्णयमा फर्किने सहमति भएको छ । बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच यस्तो सहमति भएको हो । अध्यक्षद्वयको सहमतिबारे स्थायी कमिटी बैठकमा जानकारी गराइएको छ । भदौ २६ को निर्णयमा फर्किने सहमतिसँगै अध्यक्षद्वयले यसअघि आदानप्रदान भएका आरोपपत्रसमेत फिर्ता लिने भएका छन् ।



नेकपा स्थायी कमिटी बालुवाटारमा सुरु : प्रधानमन्‍त्री ओली उपस्थित
ओली-प्रचण्डबीच नयाँ सहमति : अध्यादेश फिर्ता लिने, विशेष अधिवेशनको निवेदन स्थगित
यो सहमतिसँगै नेकपाभित्रको विवाद तत्कालका लागि साम्य भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सहमति लगत्तै बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरी सुरु भएको हो ।

भदौ २६ मा प्रचण्डले पार्टी र ओलीले सरकार सञ्चालन गर्ने तर एकआपसमा महत्वपूर्ण निर्णय गर्दा समन्वयमा अगाडि बढ्ने गरी कार्यविभाजन गरेर जाने समझदारी भएको थियो। पार्टी भित्र नेतृत्वको कार्यविभाजनमा ओली र प्रचण्डबीच मनमुटाव भएपछि साउन ३० गते महासचिव पौडेलेको संयोजकत्वमा ‘विवाद समस्या समाधान सुझाव कार्यदल’ गठन गरिएको थियो।



कार्यदलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता जनार्दन शर्मा र पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए। कार्यदलले ओली र दाहालबीच गत वर्ष मंसिर ४ गते भएको कार्यविभाजन सम्बन्धी सहमतिलाई पुर्नव्याख्या गर्दै ओलीले पुर्णरुपमा सरकार चलाउने र प्रचण्डले पुर्णरुपमा पार्टी चलाउने तर एकअर्कासँग समन्वय गर्नुपर्ने प्रस्तावसहित १५ बुँदे प्रतिवेदन दिएको थियो।

उक्त प्रस्तावमा संवैधानिक नियुक्ति, राजदूत नियुक्ति र मन्त्रिपरिषद् हेरफेर गर्दा पार्टीको सल्लाह–सुझाव लिनुपर्ने निर्णय भएको थियो ।

पार्टी एकताका अन्य निर्णयसमेत गरेर कार्यदलले भदौ ६ गते आफ्नो प्रतिवेदन ओली र दाहालसमक्ष पेश गरेकोमा उनीहरुले त्यसमा सहमति जनाउँदै २५ भदौको स्थायी कमिटी बैठकमा पेश गरेका थिए। स्थायी कमिटी बैठकले पनि त्यसलाई अनुमोदन गरेपछि तत्कालका लागि नेकपाको विवाद साम्य भएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरेको भन्दै ओली र प्रचण्डबीच असन्तुष्टि चुलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *