आज मात्र नेपालमा यति धेरै कोरोना संक्र’मितहरले कोरोना संक्र’मणबाट ज्या’न गु’माए ।





काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ९१ महिला र ४ सय ४५ पुरुष रहेका छन् । योसँगै नेपालमा हालसम्म २ लाख ५० हजार ९ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ४९ हजार १ सय ३६ छ भने २४ घण्टामा ५ हजार ५ सय ५५ पीसीआर परीक्षण भएका छन् । देशभरि सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ५२ रहेको छ ।

२४ घण्टामा ८ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ३९ हजार ४ सय १६ जना घर फर्किसकेका छन् ।त्यसैगरी २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ ।

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ३ सय ९१ कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा १६३ महिला र २२८ जना पुरुष रहेका छन् । काठमाडौँमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना नयाँ संक्रमित थपिएका हुन् ।

देशभर आइसियु र भेन्टिलेटरमा गरी ३४८ जना कोरोना संक्रमित उपचाररत
देशभर आइसियुमा २८९ र भेन्टिलटेरमा ५९ जना गरी ३४८ जना कोरोना संक्रमित उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइसियुमा प्रदेश १ मा ३७, प्रदेश २ मा ११, वागमती प्रदेशमा १०४, गण्डकी प्रदेशमा ८२, लुम्बिनी प्रदेशमा ४३ , कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा ६ जना उपचाररत छन् ।

त्यसैगरी भेन्टिलेटरमा प्रदेश १ मा ७, प्रदेश २ मा २, वागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ६,सुदरपश्चिम प्रदेशमा २ जना उपचाररत छन्. भने कर्णालीमा ४ जना छन् ।देशभर होम आइसोलेसनमा ६ हजार ९४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *