भया’नक सडक दुर्घ’टनामा दुई जनाको मृ’त्यु, पाँच घा’इते





काठमाडौं । हेटौँडा–नारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठो’क्किँदा एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

गए राति १०ः३० बजेको समयमा सडकमै रोकिराखेको ना८ख ५३३७ नं ट्रकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ३०–३०–१ प ५१३१ नंको मोटरसाइकल आफँै अनि’यन्त्रित भई दुर्घ’टना हुँदा ग’म्भीर घा’इते भएका उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृ’तक उप्रेती मोटरसाइकल चालक हुन् ।

त्यस्तै गए राति नै मकवानपुरको भीमफेदीमा टिपर दुर्घ’टना हुँदा तीन घा’इते भएका छन् । घा’इते हुनेमा हेटौँडा उपमहानगरपालिका–१५ का २३ वर्षीय मिलन मोक्तान, भीमफेदी गाउँपालिका–५ का २१ वर्षीय रमेश भोलन र सोही ठाउँ बस्ने २३ वर्षीय अनुभव मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ । घा’इते तीनै जना मजदुर हुन् ।

गए राति भीमफेदी गाउँपलिका–६ स्थित रिद्धिसिद्धिको खानीबाट चुनढुङ्गा लोड गरी हेटौँडातर्फ आउँदै गरेको बा३ख ६९२७ नंको टिपर सडकबाट करिब ३० मिटर तल ख’सेर दुर्घ’टना हुँदा उनीहरु घा’इते भएको प्रवक्ता रानाले जानकारी दिनुभयो । उहाँका अनुसार सो दुर्घ’टनामा परी घा’इते भएकामध्ये हेटौँडाका मोक्तान ग’म्भीर घा’इते भएका छन् । उनीहरु सबै जनाको भीमफेदी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात हेटौँडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मकवानपुर प्रहरीले दुवै घ’टनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी अछामको पञ्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिपर दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार उक्त टुर्घ’टनामा परी मृ’त्यु हुनेमा कैलाली जिल्ला बस्ने ३५ वर्षीय टिपर चालक प्रकाश चौधरी रहेका छन् ।

यसैगरी घा’इते हुनेहरुमा बैतडी पाटन नगरपालिका बस्ने २७ वर्षीय योगेश कठायत तथा परशुराम नगरपालिका आलीताल बस्ने ३० वर्षीय डम्मर साउद रहेका छन् । घा’इतेलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ । गैरीटाँडबाट विनायकतर्फ गरिरहेको से१क ७५४ नंको टिपर गए राति दुर्घ’टनामा परेको हो । टिपर सडकबाट कम्तीमा पनि ५०० मिटर तल ख’सेको ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *