दु:खद खबर काठमाडौंबाट जाँदै गरेको बस दुर्घ’टनाग्रस्त, २२ जना घा’इते





काठमाडौं । गोरखामा बस दुर्घ’टना हुँदा २२ जना घा’इते भएक छन् । गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा रात्रि बस दुर्घ’टना हुँदा २२ जना घा’इते भएका हुन् ।

काठमाडौंबाट आरुघाटका लागी छुटेको ग १ ख ९४४६ नम्बरको रात्री बस बुधबार बिहान साढे चार बजे अनि’यन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । दुर्घ’टनाका घा’इतेमध्ये पाँच जनाको अवस्था ग’म्भीर रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताउनुभयो ।

उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको ढकालले जानकारी गराउनुभयो । अन्य घा’इतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घ’टना कसरी भएको हो भन्ने कुरा खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *