सहयोग नगरेको भन्दै प्रधानमन्त्रीले प्रमुख सचेतक देव गुरुङको मागे राजीनामा





अप्ठ्यारामा सहयोग नगरेको भन्दै प्रधानमन्त्रीले प्रमुख सचेतक देव गुरुङको मागे राजीनामा

काठमाडौं, ३० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बिवादको प्रभाव पार्टीका विभन्न तहमा देखिन थालेको छ । कार्यकारी अध्यक्ष दाहाल पक्षका नेताहरुलाई प्रधानमन्त्ती समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकबाट राजीनामा माग गर्नु भएकाे खुलेको छ ।पार्टीको बिवाद सचिवालयले समाधान गर्न नसकेको अवस्थामा प्रधानमन्त्री ओलीले पार्टीका प्रमुख सचेतक देव गुरुङलाई बालुवाटारमा बोलाएर पदबाट राजीनामा दिन माग गर्नुभएको स्रोतले जनाएको छ ।

२८ मंसिरमा बसेको नेकपा स्थायी कमिटीको बैठक सकिए लगत्तै बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले आफूलाई अप्ठ्यारोमा पर्दा सहयोग नगरेको भन्दै सचेतक गुरूङलाई राजीनामा माग्नु भएको बताइएको छ । त्यसक्रममा गुरुङले पार्टीको निर्णय बिन एक व्यक्तिको निर्णयले राजीनामा नदिने जनाएको बताइएको छ ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले आफू संसदीय दलको नेता भएकाले आफूले भनेको कुरा बैधानिक हुने बताउनु भएको स्रोतले जनाएको छ । गुरुङ अध्यक्ष दाहाल निकटका नेता हुन् ।

त्यस्तै मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकमा सभामुख उपस्थित नभएपछि अध्यादेश जारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारील जारी गर्नुभएको अध्यादेशमा सभामुख विननै संवैधानिक परिषदको बैठक बस्न सकिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *