आज मात्र नेपालमा यति धेरै कोरोना संक्र’मितहरले कोरोना संक्र’मणबाट ज्या’न गु’माए ।




काठमाडौं, ३० मंसिर । मुलुकमा थप ९ सय ३६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय १७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय ३६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ४ सय ३८ जनामा संक्रमण फेला

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय ७४ महिला र २ सय ६४ पुरुष छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १७ हजार ७ सय ५३ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९३ हजार ५ सय २ जना, ललितपुरमा १४ हजार ५ सय ५१, भक्तपुरमा ८ हजार ५ सय २८ पुगेको छ ।पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ निको भए, १४ को मृत्यु

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय २६ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ९ सय २६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ । निको हुनेको कुल संख्या प्रतिशतमा ९५ दशमलव ३ रहेको छ ।


त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ हजार ८ सय ८१ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ५७ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभर ७ हजार १ सय १७ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १८ लाख ४३ हजार ५ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *