दु:खद खबर एउटै हात्तीले लियो १८ जनाको ज्या’न हात्ती पी’डितले बुझेनन् श’व




इनरुवा, ३० मंसिर । जंगली हात्तीको आक्र’मणबाट ज्या’न गुमा’एका सुनसरीको कोशी गाउँपालिकाका २८ वर्षिय पुरुषको पोष्टमाटम हुन सकेको छैन् । पीडित पक्षले दीर्घकालीन समाधानको वातावरण तय नभएसम्म अन्तिम संस्कार लगायतका प्रकृयामा नजाने अडान लिएका छन् ।हिजो बिहान हरिपुरमा हात्तीको आक्र’मणमा परी श्रीपुरका २८ वर्षिय प्रमोद यादवले ज्या’न गुमा’एका थिए । उनी बिहानीपख खेतमा पानी लगाउने क्रममा हात्तीको आक्र’मणमा परेका थिए । यादवको घट’नास्थलमै मृ’त्यु भएको थियो ।

मृ’तक यादवको श’व वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । पीडित पक्षका अनुसार प्रशासनसँग आज हुने भनिएको निर्णायक वार्तामा सहमति जेटे मात्र पोष्टमाटम लगायतका अन्य प्रकृया अघि बढ्ने छन् । यन्यथा भए सडक आन्दोलन चर्का’उने उनीहरुले चेतावनी दिएका छन् ।सोही विषयलाई लिएर आजलाई गाउँपालिकामा सर्वपक्षीय भेला डाकिएको छ । अध्यक्ष ऐयुब अन्सारीले हात्ती आक्र’मणको श्रृङखला नरोकिएको र मानवीय क्ष’ति हुने क्रम जारी रहेकाले ठोस रणनीति तय गर्ने उद्देश्यले गाउँपालिकामा भेला डाकिएको बताए ।



उक्त भेलाको निर्णय बमोजिमका बुँदा समेटेर स्थानीय प्रशासनसँगको वार्तामा आवाज उठाइने अन्सारीले बताए । अध्यक्ष अन्सारीले भने, “श’वको पोष्टमाटम गरिएको छैन् । जंगली जनावरको आक्रमणबाट आजित बनेका जनता जोगाउन ठोस रणनीति साथ अघि बढ्नु बाहेकको विकल्प छैन् । त्यसैले आरक्षको कार्यालय र प्रमुख जिल्ला अधिकारी सम्मिलित दिउँसो बस्ने बैठकमा बिस्तृत छलफल हुनेछ ।”यसैबिच सुनसरी प्रशासनले हात्ती मार्ने विषयमा छलफल थालेको छ । पछिल्लो एक डेढ वर्षको अवधिमा मकुना मात्रैले ९ जनाको ज्या’न लिएको बताउने सुनसरी प्रशासनले जनताको जिउधनको सुरक्षाको लागि हात्ती मार्न सकिने सम्मको विषयमा छलफल थालिएको बताएको छ ।

प्रजिअ फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीयले लामो समयदेखि मकुना हात्तीको आ’तंक सहदै आएका छन् । जनधनको क्ष’ति समेत बढ्दै गएको छ । हात्तीलाई लठ्याएर नियन्त्रणमा लिनेदेखि अन्य सबै प्रकृया अपनाइएको छ ।यद्यपि मकुनाको आक्र’मण रोकिएको छैन् । त्यसैले कानुनन रुपमा जटिल समस्याका रुपमा देखिएको हात्तीको आक्र’मण रोक्न उसलाई मार्ने बारेमा छलफल अघि बढाइएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालयसँग समेत समन्वय भएको बताउने प्रजिअ पोखरेलले आरक्षबाट समेत सकारात्मक प्रतिकृया प्राप्त भएको बताए ।

पटक पटक जंगली जनावरको आ’तंक सहदै आएका कोशी गाउँपालिका क्षेत्रका बासिन्दाले मकुना हात्ती बौलाएको भन्दै गो’ली हा’न्नु पर्ने माग पूनः उठाएका छन् । पछिल्लोपटक हिजो बिहान समेत मकुनाको आक्र’मणमा परी स्थानीयले ज्या’न गुमाएपछि उनीहरुले उक्त हात्तीलाई गो’ली हा’न्नु पर्ने आवाज उठाएका हुन् ।मकुनाले १८ जना मारिसक्योकोशी टप्पु बन्यजन्तु आरक्षमा रैथानैका रुपमा बस्दै आएको जंगली हात्ती मकुनाले अहिले सम्म १८ जनाको ज्या’न लिइसकेको छ । स्थानीय जानकारहरुका अनुसार मकुनाले अन्य धेरैलाई घा’इते समेत बनाएको छ । अध्यक्ष अन्सारीले दिएको जानकारी अनुसार मकुना मात्रले १८ जनाको ज्या’न लिएको विवरण गाउँपालिका सँग छ ।

पछिल्लो चार वर्षको अवधिमा हात्तीको आक्र’मण बाट कोशी टप्पु आसपासको क्षेत्रमा २३ जनाले ज्यान गुमा’एका छन् । आरक्षको कार्यालयले जनाए अनुसार आर्थिक वर्ष २०७५।०७६ यता जंगली हात्तीको आक्र’मणबाट सुनसरी र सप्तरीमा ८ जनाको मृ’त्यु भैसकेको छ ।घा’इतेको संख्या समेत दर्जन बढी छ । कोशी क्षेत्रका स्थानीय जानकारहरुका अनुसार मकुनाले सबैभन्दा बढी मान्छे मार्ने गरेको छ ।बाली र ज्या’न जोगाउन संघर्षरत छन् स्थानीयकोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्कने जंगली जनावरको आक्र’मणबाट सबै भन्दा बढी प्रताडित क्षेत्र हो कोशी गाउँपालिका । सो भेगका बासिन्दाको लागि राती जाग्राम बस्नु सामान्य भैसकेको छ । बिगत लामो समय देखि आरक्षबाट गाउवस्तीमा प्रवेश गर्ने हात्ती र अर्ना जस्ता जनावरबाट बाली र जिउज्यान जोगाउन सो भेगका वासिन्दा संघर्षरत छन् । तीन दर्जन बढीले ज्या’न गु’माई सकेका छन् भने निकै संख्यामा घा’इते समेत छन् ।



आरक्षका कर्मचारी भन्छन- मकुना मा’र्नुको साटो चेन लगाऔं मकुना मार्ने विषयलाई आरक्षका कर्मचारीहरुले भने ठिक मानेका छैनन् । उनीहरुले मकुना आरक्षको सान भएकाले मार्नुको साटो नियन्त्रणको प्रभावकारी उपाय अवलम्बन गरिनु पर्ने बताएका छन् । जसकालागि उनिहरुले प्राविधिक झिकाएर हात्तीको खुट्टामा चेन लगाउन उपयुक्त हुने बताए । चेन लगाएको हात्ती दिनमा एक किलोमिटर भन्दा बढी हिंड्न नसक्ने उनीहरु बताउँछन् ।

ऐनले भन्छ- बौलायो भने मा’र्न सकिन्छ
स्थानीय प्रशासन ऐन मात्र नभई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदभा (क)मा बौलाएको जंगली जनावर तोकिएको अधिकारीको आदेशमा मा’र्न, वा प’क्रन सकिने उल्लेख छ । तर कोशी टप्पुको मकुना बौलाएको पुष्टि गर्ने आधिकारिक आधार भने छैन् ।स्थानीय प्रशासन ऐनमा भने स्थानीय गाउँपालिका, नगरपालिकाले प्रतिवेदन गरेका सिडियोले जटिलता बुझी महसुस भए कानुनी आधारमा रहेर हिं’स्रक जनावरलाई गो’ली ठो’क्न सक्ने अधिकार प्रत्यायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *